default_image

8 years ago

November 4, 2017

पिएसजी एन्जर्ससँग भिड्दै, नेयमार आज नखेल्ने

159 views

0 Bookmark

एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) तेह्रौं स्थानको एन्जर्ससँग भिड्दै छ । एन्जर्सको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ९.४५ बजे सुरु हुने छ ।

पिएसजीका प्रशिक्षक उनाई एम्रिले आज आफ्ना स्टार खेलाडि नेयमार चोटका कारण खेलमा सहभागी नहुने बताएका छन् । एम्रिले नेयमार कति समयका लागि खेल्न नसक्ने भने जनाएका छैनन् ।

त्यस्तै थियागो मोट्टा पनि घाइते रहेका छन् भने एन्जल डि मारिया पारिवारिक कारणले खेलमा भाग लिने छैनन् । यस कारण जुलियान ड्राक्सलर र जाभियर पास्टोरेले आज टोलीमा स्थान पाउने देखिन्छ । च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका लेभिन कुर्जावा पनि सुरुवात गर्न सक्नेछन् ।

एन्जर्सका लागि डिफेन्डर योआन आन्द्रेउ यस खेलमा प्रतिबन्धित छन् । घरेलु टोली यस सिजन लिग १ का आफ्ना ११ खेलमा केवल दुईमा जित्न सफल भएको छ भने ७ खेल बराबरी पनि खेलेको छ ।

एन्जर्सले आफ्ना पछिल्ला ५ घरेलु खेल जित्न सकेको छैन भने पिएसजीसँगका पछिल्ला ४ खेल पनि गुमाएको छ । यस सिजन ११ खेलमा ९ जित दर्ता गर्दै ३४ गोल पनि गरेको पिएसजी भने आफ्नो बलियो लयलाई निरन्तरता दिने खोजीमा हुने छ ।

आज लिग १ मा खेलिने अन्य खेलहरु:

ट्रोयस विरुद्ध स्ट्रासबर्ग – १२.४५ बजे

मोनाको विरुद्ध गुइनग्याम्प – १२.४५ बजे

मोन्टपिलेर विरुद्ध एमियन्स – १२.४५ बजे

नान्टेस विरुद्ध टुलोस – १२.४५ बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.