8 years ago
November 4, 2017
डर्टमन्ड (एजेन्सी) – जर्मन बुन्डेस लिगामा आज अंक तालिकाको पहिलोमा रहेको बायर्न म्युनिख दोस्रोमा रहेको बोरुसिया डर्टमन्डसँग भिड्दै छ । डर्टमन्डको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ११.१५ बजे सुरु हुने छ ।
घरेलु टोली बोरुसिया डर्टमन्डका लागि लुकास पिजेक र मार्को रुइस घाइते रहेका छन् भने डान एक्सेल जागाडु प्रतिबन्धित छन् । त्यस्तै मार्सेल स्मेल्जर, गोन्जालो कास्ट्रो र आन्द्रे यार्मेलेन्को विश्रामपछि टोलीमा फर्कँदै छन् ।
बायर्नका लागि पनि म्यानुयल नोया, फ्रान्क रिबेरी, थोमस मुलर, जेरोम बोयटाङ र जोसुवा किमिच लगायत खेलाडिहरु घाइते रहेका छन् ।त्यस्तै थियागो, रोबर्ट लेवान्डोस्की र म्याट हमेल्स भने यस खेलमा आगमन गर्ने छन् ।
बायर्न आफ्नो पछिल्लो ३२ मध्ये २९ अवे खेलमा अपराजित रहेको छ । यी दुई बीच खेलिएको अघिल्लो लिग खेल २-२ को बराबरीमा टुङ्गिएको थियो ।
बायर्नको १० खेलमा २३ अंक छ र डर्टमन्डको २० अंक छ । बायर्नले जितेको अवस्थामा उसले अग्रस्थानमा आफ्नो पकड अझ बलियो बनाउने छ । त्यस्तै डर्टमन्डले आज जित हात पार्न सकेमा ऊ लिगको अग्र स्थानमा पुग्ने छ ।
बुन्डेस लिगामा आज खेलिने अन्य खेलहरु:
आरबी लेपजिग विरुद्ध हान्नोभर ९६ – ८.१५ बजे
फ्राइबर्ग विरुद्ध साल्का – ८.१५ बजे
बोरुसिया ग्ल्याडब्याक विरुद्ध मेन्ज – ८.१५ बजे
असबर्ग विरुद्ध बायर लेभेरकुसेन – ८.१५ बजे
ह्यामबर्ग विरुद्ध स्टुटगर्ट – ८.१५ बजे
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]