8 years ago
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो ।
अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता दुई मध्येका एक खेलाडी हुन् जो नेपालले दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक स्वर्ण जित्नेमा पर्दछन् । शाक्य र हाल अमेरिकामा रहेका उमेश प्रधान नेपालले सन् १९८४ र १९९३ मा स्वर्ण जित्दा टोलीका सदस्य थिए ।
२००४ को नर्वौ संस्करणअघि सम्म सागमा राष्ट्रिय टोलीले खेल्ने गर्थे । अहिले सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्छन् । खेलाडीका रुपमा मात्र होइन प्रशिक्षकका रुपमा पनि शाक्यले स्वर्ण पदक जितिसकेका छन् । झन्डै दुई वर्षअघि भारतमा भएको १२ औं सागमा नेपालले शाक्यकै प्रशिक्षणमा नेपालले स्वर्ण पदक जितेको थियो ।
शाक्यसहित सम्मानित हुनेमभा कुस्तीका विद्यासागर पोखरेल, भारोत्तोलनका तिलकबहादुर राउत, कबड्डीका रतिया राजवंशी, क्रिकेटका अरुणकुमार अर्याल, करातेका पाल्छाङ हेन्जन छन् । त्यस्तै ह्यान्डबलका जीवन बस्नेत, भलिबलका लालबहादुर मल्ल, जिम्न्याष्टिकका मिलन भुजु, करातेका अक्बर शाह, करातेका महेशकुमार श्रेष्ठ र एथलेटिक्सका मनोहर दाहाल छन् ।
त्यस्तै अवकास पाएका लेखा अधिकृत बालेश्वर ठाकुर, नासु सूर्यबहादुर श्रेष्ठ, स्टोर किपर सेर्वोले जिरेललाई पनि सम्मान गरियो । राखेपअन्तर्गत सामान्य प्रशासन शाखाकी लेखापाल गीता ज्ञवालीलाई परिषद् सेवा पुरस्कारबाट पुरस्कृत गरियो । ज्ञवालीलाई सम्मान पत्र र नगद १० हजारसहित सम्मान गरियो ।
राखेप कर्मचारी संघको अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्मानसहित बिदाइ गरिएको थियो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र राखेपका कर्मचारी संघका नवनिर्वाचित अध्यक्ष रञ्जन थापाले सम्मान गरेका थिए । राखेप कर्मचारी संघका नवनिर्वाचित कार्यसमितिले आजै पदस्थापन गर्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]