default_image

8 years ago

November 29, 2017

चेल्सीका लुइजमाथि रियलको चासो

104 views

0 Bookmark

लण्डन (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडले आउदो जनवरी ट्रान्सफरमा इङ्लिस क्लब चेल्सीका ब्रजिलियन रक्षक डेभिड लुइज भित्राउन तयार रहेको जनाएको छ । ब्रजिलियन रक्षक लुइज र प्रशिक्षक एन्टेनियो कोन्टेबीच पछिल्लो समय विवाद बढ्दै गएको खबर सार्वजनिक भएको मौकाको फाइदा उठाउने योजनामा रियल रहेको उल्लेख गरिएको छ ।

३० वर्षे लुइज युइएएफए च्याम्पियन्स लिग अन्र्तगत रोमासँग ३–० ले पराजित भएको खेलमा रोमा भ्रमणमा थिएनन् । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडसँगको खेलमा उनी टोलीमा समेटिएका थिएनन् । वेष्टब्रोम अल्वालियोन र लिभरपुलसँगको खेलमा लुइज बेन्चमा नै सीमित थिए । आज राति स्वान्सी सिटीविरुद्धको खेलमा पनि लुइज बेञ्चमा नै सीमित हुने भैसकेका छन् ।

प्रशिक्षक कोन्टेले लुइजसँग सम्बन्ध चिसो नरहेको स्पष्ट पार्दै घुडाको समस्याका कारण बेञ्चमा राख्नु परेको बताएका छन् । ‘म लुइजको विषयमा एकदम इमान्दार छु । यस्तो अवस्थामा मलाई उत्तर दिन निकै असहज भैरहेको छ ’ कोन्टेले भने, ‘थाहा छ्रैन उनी कति समय मैदान बाहिर रहनेछन् । अब यो फिजियोको हातमा छ ।’

लुइज १५ महिना अघि फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ३४ मिलियन पाउण्डमा पुनः चेल्सीमा फर्किएका थिए । चेल्सीले अघिल्लो सिजनको प्रिमियर लिग जित्दा उनी टोलीको महत्वपूर्ण सदस्य रहेका थिए । लुइजको भने टोलीबाट निरन्तर खेल्ने चाहना छ । अर्को वर्ष हुने रसिया विश्वकप २०१८ को ब्राजिली टिममा स्थान बनाइराख्न निरन्तर खेल्नुपर्ने बाध्यतामा छ ।

लुइजलाई फुल ब्याक र डिफेन्सिभ मिडफिल्डमा राम्रो मानिन्छ । रियाल अहिले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंकले पछि छ । चेल्सीले पनि लुइजको विकल्पको रुपमा लियोनको मोउकटार दियाखावेलाई हरेको बताइएको छ । लुइजलाई लिन अर्को स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब एसी मिलानले पनि केही महिना अघि चासोमा राखेका थिए ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.