10 years ago
December 18, 2015
गत वैशाख १२ को विनाशकारी भूकम्पले स्थगित एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको फाइनल आइतबार हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलका लागि सबै तयारी पुरा भएको जनाएको छ । स्थगित फाइनल हुने भएपछि नेपाललाई उपाधि रक्षकको मौका मिलेको छ । नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । वैशाख १२ मा फाइनल हुने केही घन्टा अघि विनाशकारी भूकम्प गएपछि प्रतियोगिता त्यहि अवस्थामा स्थगित गर्नुपरेको थियो ।
बंगलादेश फुटबशल संघले एसियाली फुटबल महासंघ (एएफसी) मा फाइनल खेलाउन अनुरोध गरेपछि शनिबार खेल हुन लागेको हो । फाइनलअघिका लागि तय भएको भारत र इरानबीचको तेस्रो स्थानको खेलपनि भूकम्पकै कारण स्थगित भएको थियो । दुई समूहमा विभाजित प्रतियोतिगामा नेपाल सबै खेल जित्दै सेमिफाइनल पुगेको थियो ।
इरानलाई ३–२,भुटानलाई १२–० र श्रीलंकालाई ८–० ले हराएर समूह ‘ए’ को विजेता बनेको नेपालले सेमिफाइनलमा भारतलाई १–० ले निराश पारेको थियो । समूह ‘बी’ बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेका थिए । बंगलादेशले इरानलाई २–० ले हराएर फाइनल पुगेको थियो । बंगलादेशको टोली शुक्रबार नेपाल आइसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]