default_image

8 years ago

December 9, 2017

दुहवी गोल्ड कममा चर्च ब्वाइजसँग झापा पराजित

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको चर्च ब्वाइज क्लब युनाइटेड दोस्रो मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

चर्च ब्वाइज क्लब युनाइटेड

 

दुहवी रंगशालामा आज भएको उद्घाटन खेलमा मोफसलको बलियो टोली रमपम झापा ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजले सेमिफाइनलमा आयोजक इलेभन एरोज क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । चर्च ब्वाइज राष्ट्रिय टोलीका खेलाडी विक्रम लामाको कप्तीमा उत्रेको थियो । खेलको म्यान अफ द म्याच बनेका विक्रमले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी र मोरङ ११ बीच प्रतिस्पर्धा हुने बताइएइको छ । मोहन स्मारक फाउन्डेसन र इलेभेन एरोज क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.