default_image

8 years ago

December 10, 2017

लिभरपुल र एभर्टन रोकिए

137 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले ‘मर्सिसाइड डर्बी’ मा १-१ को बराबरी खेलेका छन् । लिभरपुलका लागि मोहम्मद सालाहले गोल गरे भने एभर्टनका लागि वायन रुनीले गोल गरेका थिए ।

लिभरपुलका लागि सालाहले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलभरि लिभरपुलले राम्रो पकड राखे पनि ७७ औं मिनेटमा डिफेन्डर डेजान लोभ्रेनले गल्ती गर्दा एभर्टनले पेनाल्टि पाएको थियो ।

सो पेनाल्टीलाई रुनीले गोलमा परिणत गर्दै टोलीलाई १ अंक दिलाएका थिए । यस नतिजासँगै लिभरपुल चौथो तथा एभर्टन दशौंमा यथावत् छन् । आजको पहिलो खेलमा आर्सनलले पनि साउथह्याम्प्टनसँग १-१ को बराबरी खेलेको थियो ।

चार्ली अस्टिनले साउथह्याम्प्टनका लागि सुरुमै गोल गरेका थिए भने खेलको अन्त्यतिर परिवर्तित खेलाडि ओलिभर जिरुडले हेडिङ गोल गर्दै टोलीलाई हारबाट बचाएका थिए । यस नतिजासँगै आर्सनल पाँचौं तथा साउथह्याम्पटन एघारौं स्थानमा यथावत् छन् ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.