8 years ago
December 11, 2017
न्योम (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको अन्तिम १६ चरणको ड्र सार्वजनिक भएको छ । यस अन्तर्गत दुई उपाधि दाबेदार मानिएका टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र रियल म्याड्रिड एक आपसमा भिड्ने छन् ।
अन्य महत्त्वपूर्ण खेलहरुमा बार्सिलोना र चेल्सी भिड्दै छन् । त्यस्तै युभेन्टस र इङ्ग्लिस क्लब टोटनह्यामको भिडन्त पनि हेर्न लायक हुने छ ।त्यस्तै अन्य इङ्ग्लिस टोलीहरुमध्ये म्यानचेस्टर युनाइटेड सेभिल्लाको सामना गर्ने छ ।
यसैगरी म्यानचेस्टर सिटी बासेलसँग भिड्ने छ भने लिभरपुलले पोर्टोको सामना गर्नु पर्ने छ । अन्य खेलमा जर्मन क्लब बायर्न म्युनिख बेकिस्टाससँग भिड्ने छ ।
यस्तै शाख्तार दोनेस्क इटालियन टोली रोमासँग प्रतिस्पर्धा गर्ने छ । अन्तिम १६ को पहिलो लेग फेब्रुवरी १३ मा खेलिने छ भने दोस्रो लेग मार्च ६ मा खेलिने छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]