8 years ago
December 12, 2017
बेलबारी (हाम्रो खेलकुद)– अग्नी रुपन्देही ११ दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै अन्तिम चारणमा पुगेको हो ।
रुपन्देही अब सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । लक्ष्मण जिसीले ४३ औं मिनेटमा आत्मघाती गोल गरेपछि रुपन्देहीले खेलमा अग्रता बनाएको थियो । ६५ औं मिनेटमा अमर डंगोलले गोल गर्दै रुपन्देहीको अग्रतालाई दोब्बर पारे । इन्जुरी समयका पहिलो मिनेटमा कार्डिक अबाले गोल गरेपछि रुपन्देहीको जित सहज बनेको थियो ।
अबा खेलको म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । इलेभेन एरोज क्लब र मनमोहन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]