default_image

8 years ago

December 15, 2017

म्यानचेस्टर सिटी अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक : शेयरर

116 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिग इतिहासको सर्वाधिक गोलकर्ता एलन शेयररले अहिलेको म्यानचेस्टर सिटीको टिमलाई अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक टोली रहेको दाबी गरेका छन् ।

मध्य सातामा म्यानचेस्टर सिटीले स्वान्सिलाई ४-० ले हराएको थियो । त्यस नतिजासँगै सिटीले प्रिमियर लिगमा लगातार १५ जित दर्ता गरेको हो जुन लिगको नयाँ रेकर्ड पनि हो ।

सिटी प्रिमियर लिगको इतिहासको उत्कृष्ठ मध्ये एक क्लब हो कि होइन भन्ने प्रश्नमा शेयररले त्यसमा कुनै सन्देह नै नरहेको बताए । पूर्व न्युकासल युनाइटेडका शेयररको प्रिमियर लिगमा २ सय ६० गोल छ जुन रेकर्ड छिट्टै तोडिने भने देखिँदैन ।

सिटी यस सिजन लिगमा अपराजित रहेको छ । १७ खेल खेल्दै सिटीले १६ जित दर्ता गरेको छ भने एक बराबरी खेलेको थियो । सिटी अब अपराजित हुँदै लिग जितेर आर्सनलको २००३/०४ सिजनको उपलब्धिलाई दोहोर्‍याउने होडमा छ । यस साता सिटी अर्को बलियो टोली टोटनह्यामको सामना गर्दै छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.