default_image

8 years ago

December 16, 2017

आर्मीलाई हराउँदै मनाङले जित्यो वर्षको दोस्रो उपाधि

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगितामा मनाङले आर्मीलाई २-१ ले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो । मनाङका लागि विमल राणाले निर्णायक गोल गरे ।

खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमै मनाङका विशाल राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिए पनि मनाङले दोश्रो हाफमा एक गोल थप्दै खेल उल्टाएको थियो । ५९ औं मिनेटमा विमल राणाले गरेको गोल मनाङलाई वर्षको दोस्रो उपाधि दिलाउन सफल रह्यो ।

अघिल्लो महिना भएको दुवै फाइनलमा आर्मीले बाजी मारेको थियो । मंसिर ७ गते सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङलाई हराएको आर्मीले मंसिर १५ गते मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा पनि पुनः हराएको थियो ।

वैशाखमा आर्मीले वीरगन्जमा विशाल स्मृति गोल्ड कप र भदौंमा मनाङले चितवन पुगेर जेसिज कपको उपाधि उचालेको थियो ।

मनमोहन स्मृति प्रतिष्ठान र इलेभन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेता टोली मनाङले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ पनि प्राप्त गर्‍यो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.