8 years ago
December 17, 2017
अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ ।
रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई पोर्चुगेली स्टारले गोलमा परिणत गरेका थिए । यो रोनाल्डोको क्लब विश्व कपमा सातौं तथा यसै प्रतियोगिताको फाइनलमा दोस्रो गोल हो । अघिल्लो फाइनलमा जापानी क्लब कसीमा विरुद्दको ४-२ को जितमा उनले ह्याट्रिक गरेका थिए । यो रियलको चार बर्षमा तेस्रो विश्व कप उपाधि हो ।
ब्राजिलियन क्लबले भने डिफेन्समा व्यस्त रहँदै काउन्टर एट्याक फुटबल खेलेपनि कुनै गोल गर्न सकेन । रियलले खेलमा गोल गर्ने प्रयासमा २० प्रहार गरेपनि बिपक्षी टोलीले भने एक प्रहार मात्र गर्न सफल भयो ।
आइतबार राती ९:१५ मा सच्याइएको ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]