8 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोलीले आयोजक बंगलादेशको सामना गर्दै साफ यू–१५ महिला फुटबल प्रतियोगिताको सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा हुनेछ ।
नेपाल, बंगलादेशसँग भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपाल टोलीकी मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले फाइनल सम्मको यात्रा तय गर्ने अपेक्षा गरेकी छिन् । कप्तान प्रिति राईले पनि टोलीमा राम्रो समन्वय रहेकाले जितको आशा गरिएको बताइन् । नेपालले पुष ४ गते भारत र पुस ६ गते भुटानको सामना गर्नेछ ।
नेपाली यू १५ महिला टोली
प्रिति राई (कप्तान) रिया बानु, करिना धिमाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिश्मा थापा, मनमाया बिक, खुश्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सविता रानामगर, सुष्मा जीटी, अन्जली चन्द, अस्मिता रनपाल, निकिता धमाल, सुप्रिया रजक, अस्मिता गुरुङ, झरना नगरकोटी, रोशनी धिमाल, सुस्मा तामाङ
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]