default_image

8 years ago

December 18, 2017

नेपालका लागि भोली भारतसँगको खेल ‘गर वा मर’ !

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि साफ यु १५ महिला फुटबल च्याम्पियनसिपमा मंगलबारको खेल गर वा मरको अवस्थामा रहेको छ । पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले भारतसँगको खेल गुमाएमा टोलीको यात्रा राउन्ड रोविन मै टुंगिन सक्छ ।

अभ्यासका क्रममा नेपाली टोली । तस्बिर सौजन्य: एनएसजेएफ

 

पहिलो खेलमा लज्जास्पद हार आयोजक बंगलादेशसँग ६–० को हारपछि नेपाली टोलीमाथि दबाब छ । फाइनल पुग्ने सम्भावनालाई जीवित राख्न पनि नेपाललाई भारतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । बंगलादेशसँगकाो खेलमा भारतविरुद्ध अलग रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताइन् । उनले मिडफिल्डमा देखिएको समन्वय अभावमा सुधारको प्रयासका साथै रक्षापक्तिलाई मजबुद बनाउने बताइन् ।

ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ । आज नेपाली टोलीले २ घन्टा अभ्यास गरेको थियो । चार टोलीको सहभागिता रहेको च्याम्यिनसिपमा राउन्ड रोविन खेलपछि शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भारतले पहिलो खेलमा भुटानलाई ३–० ले हराइसकेको छ । नेपालले पुस ६ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जित्दै बंगलादेश र भारतले फाइनल पुग्ने सम्भावनालाई बलियो बताइसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.