8 years ago
December 19, 2017
काठमाडौं(हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यु १५ महिला च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना जीवित राख्नु पर्ने भारतविरुद्धको खेलको पहिलो हाफमै नेपाल ५–० ले पछाडि परेको छ ।

पहिलो खेल बंगलादेशसँग ६–० को हार बेहोरेको नेपाल यो खेलमा पराजित भए अन्तिम खेलअघि प्रतियोगिताबाट बाहिरिनेछ । भारतविरुद्ध चौथो मिनेटमा लेन्डा कोमको गोलबाट पछि लागेको नेपालविरुद्ध उनले नै ३१ औं मिनेटमा अर्को गोल गरिन् ।
सुनिता मुन्डाले ३४, सन्थियाले ४० र त्यसको ३ मिनेटपछि प्रियंका देवीले गोल गरेकी थिइन् । आजै अर्को खेलमा भुटानलाई ३–० ले हराउँदै बंगलादेशले च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]