8 years ago
December 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो ।
नेपालले पहिलो र दोस्रो हाफमा समान ५ गोल खाएको थियो । भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले २ तथा सन्थिया र अंनी बाइले समान १ गोल गरे । पहिलो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।
भारत र बंगलादेश लिग राउन्डमा एक अर्कासँग भेट्नुअघि नै फाइनल पुगेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो । भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । भुटानले २ खेलमा ६ गोल खादा नेपालले भने १६ गोल खाइसकेको छ ।
समान २ जितका साथ बंगलादेश र भारत अघि बढ्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन् । लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ । फाइनल पुस ९ गते हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]