default_image

8 years ago

December 20, 2017

वर्षको उत्कृष्ट गोलकर्ता बन्न मेस्सी र रोनाल्डोबीच ‘एल क्लासिको’मा प्रतिस्पर्धा

171 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेमा कुनै शंका छैन । तर यो खेलमा व्यक्तिगत रुपमा फुटबल जगतका दुई सुपरस्टारबीच पनि प्रतिस्पर्धा हुने भएको छ ।

Messi Ronaldo

रियलका पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीच तुलना निरन्तर गरिन्छ । दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच एक उत्कृष्ट भने निस्कने सम्भावना छ , विजेता सन् २०१७ को सर्वोकृष्ट गोलकर्ताको रुपमा ।

२०१७ लाई अहिलेसम्म फर्केर हेर्ने हो भने शीर्ष लिगहरुमा ५ खेलाडी वर्षको सबै भन्दा धेरै गोल गर्ने खेलाडीको दौडमा कायाम छन् । त्यसमध्ये हाल मेस्सी र रोनालल्डोले २०१७ मा समान ५३ गोल गरेका छन् । त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवानड्वोस्की पनि ५३ गोल गरेका छन् भने पिएसजीका इन्डिन्सन काभानीका नाममा ५२ गोल छ । यी सबै खेलाडीले १ खेल खेल्न बाँकी छ । त्यस्तै २०१७ मा इङ््लिस स्ट्राइकर ह्यारी केनको नाममा पनि ५० गोल छ ।

रोनाल्डोले ला लिगामा १९ गोल गरेका छन् भने मेस्सीको आंकडा उनको भन्दा धेरै छ । मेस्सीले २०१७ मा ला लिगामा ३९ गोल गरेका छन् । तर रोनाल्डोले च्याम्पियन लिगमा १९ गोल गर्दा मेस्सीले जम्मा ४ गोल मात्र गरेका छन् । त्यस्तै २०१७ मा रोनाल्डोले पोर्चुगलका लागि ११ गोल गर्दा मेस्सीले अर्जेन्टिनालाई ४ गोल मात्र गर्न सफल भएका छन् । त्यसैले अहिले सम्म मेस्सी र रोनाल्डोको २०१७ मा बराबर गोल छ ।

एल क्लासिकोमा गोल गर्दै एक अर्का लाई उछिन्ने अवसरसंगै सर्वोकृष्ट बन्ने सम्भावना पनि छ । त्यस्तै लेवानड्वोस्की, काभानी र केनलाई पनि २०१७ मा शीर्षस्थानमा रहने अवसर छ । बायर्नले वर्षको अन्तिम खेलमा डर्टमाउन्डको सामना गर्दै छ भने पिएसजीले काएनको । त्यस्तै केनको टोटेनह्यामले बन्र्ली र साउथह्याम्प्टनसँग खेल्नेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.