default_image

8 years ago

December 20, 2017

पोखरामा दक्षिण एसियाली सेभेन ‘ए’ साइड फुटबल आयोजना हुने

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको १२ औं संस्कणको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता पोखरामा पुसको अन्तिम साताबाट आयोजना हुने भएको छ । आयोजक नेपाल सेभेन ‘ए’ साइड फुटबल फेडेरेसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २९ गतेबाट माघ ४ गतेसम्म पोखरा रंगशालामा हुने जानकारी गराएको हो ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटानर पाकिस्तान गरी सात राष्ट्रले सहभागिता जनाउने फेडेरेसनका अध्यक्ष नवीन पुनले जानकारी दिए । नेपाली टोलीका अहिले पोखरामा रुस्लान थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेका राजेन्द्र तामाङको प्रशिक्षकत्वमा खेलाडी छनोट भैरहेको अध्यक्ष पुनले जानकारी दिए । उनले ‘ए’ डिभिजनका केही खेलाडी पनि समावेश हुन सक्ने बताए ।

प्रतियोगिताको विजेताले २ हजार अमेरिकी डलर र दोस्रो हुनेले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी र हरेक विधाका उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । १८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा वचत हुने रकम फुटबल खेल विकास र विस्तारमा खर्च गरिने बताएका छन् ।

सन् २००६ बाट भारतबाट शुरु भएको प्रतियोगितामा नेपालले तेस्रो सहभागितामा दुई पटक च्याम्पियन बन्न सफल भैसकेको छ । नेपालले २००६ र सन् २०१० मा च्याम्पियन बनेको थियो । प्रतियोगिताको अघिल्लो संस्करणको विजेता बंगलादेश हो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.