default_image

10 years ago

December 24, 2015

उस्तै जर्सीमा गल्ती कसको ?

191 views

0 Bookmark

नेपाल र  बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ  ।

फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो ।

नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा दर्शक झुक्किरहेका थिए । दोस्रो हाफमा भने नेपाली टोली निलो जर्सीमा मैदान प्रवेश गरेको हो ।

Anjan Bista

पहिलो हाल्फ मा नेपालका अन्जन बिष्ट (बाँया)

खेलको अघिल्लो दिन हुने मेनेजरर्स मिटिङमा कुन टोलीले कुन जर्सी लगाउने निर्णय हुन्छ । त्यति बेला ध्यान पुर्‍याउन नसक्दा नेपाल र श्रीलंकाबीचको खेलमा पहिलो हाफ खेलाडी चिन्न हम्मे हम्मे परेको थियो ।

हुन त खेल अघी भएको मिटिङमा यस कुराको निर्णय नभएको भने चाही हैन । म्याच कमिस्नर चुअंग चिन फ्यान  र रेफ्री एसेसर अव्नी अब्देल क रिम सैद हस्सोउनेले म्यानेजर मिटिङमा नै नेपालले रातो र श्रीलंका कलेजी रंगको जर्सी लगाउने निर्णय गरे ।

नेपाल राष्ट्रिय टोलिका म्यानेजर रमेश रायमाझीको अनुसार , दुबै टोलीको म्यनेजरले जर्सी जुध्ने भन्दै परिवर्तन गर्न अनुरोध त गरे तर त्यो अनुरोधलाई बेवास्ता गर्दा हिजो भएको खेलमा त्यस्तो देखिन पुग्यो । “हामीले जर्सी जुध्ने भनेर परिवर्तन गर्न अनुरोध गर्यौँ  , तर म्याच कमिस्नर रेफ्री एसेसरले हाम्रो कुरा सुनेनन”  , उनले भने ।

Anjan Bista Nepal Football

उहि अन्जन बिष्ट निलो जर्सीमा बल सँग

नेपाल र श्रीलंका दुबैको अनुरोध नमानी जर्सी नजुध्ने भन्ने जिकिर गर्दै उस्तै जर्सीमा खेलाउन ओफिसीएलले बाध्य पारेका हुन ।

पहिलो हाल्फको अन्त्य सम्म केवल समर्थक मात्र नभएर खेलाडी आफैलाई पनि मुस्किल परेकोले गर्दा नेपाली प्रशिक्षक ओजेम्सको अनुरोधमा टिम म्यानेजर रमेश रायमाझीले रेफ्रीलाई गरेको निवेदनमा, श्रीलंकाले जर्सी परिवर्तन गर्न अस्विकार गरे पछी नेपाल दोस्रो हाल्फमा माथी निलो सर्ट र तल रातो हाल्फमा उत्रेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.