8 years ago
January 6, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले विंगर गेराथ बेललाई टोलीमा नियमित मौका दिने निर्णय गरेको बताइएको छ । त्यसको अर्थ स्पेनिस मिडफिल्डर इस्को फेरि पहिलो रोजाइमा नभई बेन्चमा पर्नेछन् ।
बेल घाइते हुँदा इस्कोले मौका पाउँदै आएका थिए । गत सिजनको अधिकांश समय बेल चोटग्रस्त थिए । जसका कारण इस्कोले बढी मौका पाए । अहिले फेरि बेल फर्केपछि उनलाई नियमित खेलाउने जिदानको योजना रहेको बताइएको छ ।
पछिल्ला समाचारहरुका अनुसार जिदानले बेल र इस्कोका बारेमा निर्णय लिन लामो समय नलिएको उल्लेख गरिएको छ । स्पेनिस पत्रिका डन बालोनका अनुसार सिजनको बाँकी समय जिदान बेललाई महत्वपूर्ण भूमिका दिन चाहन्छन् ।
त्यसको अर्थ अब महत्वपूर्ण खेलमा इस्कोको सट्टा बेलले सुरुआत गर्ने सम्भावना रहन्छ । जिदान बेलमाथि दबाब बढाउने पक्षमा छैनन् । प्रशिक्षक आफ्ना खेलाडीको फिटनेस कत्तिको सुधार भएको छ त्यो भने जान्न चाहन्छन् ।
खासमा जिदानको रोजाइमा टोलीको अग्रपंक्ति बिबिसी (बेन्जेमा, बेल र क्रिस्टियानो) नै हो । उनीहरुलाई साथ दिन मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच र कासिमेरो रहनेछन् । त्यसैले अब इस्कोले धेरै समय बेन्चमा बिताउनु पर्ने हुन्छ । क्रिसमस विश्राम पछि कोपा डेल रेमा रियलले नुमान्सियालाई हराएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]