default_image

10 years ago

January 3, 2016

अझै एन्फाकै गाडीमा थापा

134 views

0 Bookmark

फिफाबाट १० वर्षे प्रतिबन्धमा परेको डेढ महिना वितिसक्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुविधामा लिएको गाडी अध्यक्ष गणेश थापाले फिर्ता गरेका छैनन् ।

एन्फाले पनि आफ्नो फर्चुनर गाडी फिर्ताको पहल गरेको छैन । अपिलको समयसम्म कुरेको भन्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार नागरिकसँग भने भने, ‘छिट्टै गाडी फिर्ताको प्रक्रिया अघि बढाउनेछौं ।’

Ganesh thapa

व्यवस्थापिका संसद सदस्य समेत रहेका थापालाई कात्तिक ३० गते फिफा एथिक्स कमिटिले भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्धसहित झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

फिफाले आफूमाथि अन्याय गरेको उल्लेख गर्दै त्यति बेला थापाले भनेका थिए, ‘अपिल गर्ने वा कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्स (सिएएस) सम्म जान सक्छु ।’ फिफामा अपिलको अवधि गुजारिसकेका थापा सिएएस पनि गएका छैनन् ।

आज प्रकाशित नागरिक दैनिकको समाचारको आधारमा ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.