8 years ago
January 22, 2018
भिल्लारियल (एजेन्सी) – साउदी अरबिया र ला लिगा बीचको साझेदारीले ९ साउदी खेलाडीलाई फाइदा पुर्याएको छ । स्पेनका शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले साउदीका ९ खेलाडीलाई ६ महिने लोनमा अनुबन्ध गरेका छन् ।
भिल्लारियल, लेगानेस र लेभान्टे लगायतका तीन ला लिगाका क्लब र स्पोर्टिंग गिजोन, नुमान्सिया, रेयो भालेकानो र रियल भालाडोलिड गरेर चार दोस्रो डिभिजनका क्लबले ७ राष्ट्रिय टोलीका र दुई एकेडेमीका खेलाडीलाई स्पेनमा खेल्ने मौका दिने भएको हो ।
नु अल मौसा (रियल भालाडोलिड), सलेम अल दवसरी (भिल्लारियल), फहाद अल-मुवालाद (लेभान्टे), अब्दुल्लाह अल्हम्द्दन (स्पोर्टिंग गिजोन) र याहिआ अल शेहरी (लेगानेस) गरेर पाँच खेलाडी साउदी प्रो लिगबाट ६ महिने लोनमा स्पेनिस क्लबसँग आबद्ध भएका हुन् । अन्य खेलाडीहरुमा अब्दुल्माजिद अल सुलैहीम (रेयो भालेकानो), अली अल नामेर (नुमान्सिया), मर्वान ओथमान (लेगानेस ‘बी’) र गाबेर मोस्ताफा (भिल्लारियल ‘बी’) हुन् ।
साउदीका खेलाडीहरुलाई विश्व कप अघि अनुभव बटुल्ने अवसर भएको छ भने स्पेनिस क्लबले पनि यस सम्झौताले अरबको फुटबल समर्थक माझ लोकप्रियता कमाउने अवसरको रुपमा हेरेका छन् । ”याहिआ अल शेहरीको आगमनसँगै हाम्रो टोली बलियो भएसंगै हामीले अरबको समर्थकमाझ रुज्ने मौका पनि पाएका छौं ” , लेगानेसले अफिसियल वेबसाइटमा जनाएको छ ।
साउदी अरबिया विश्व कपमा आयोजक रुस , उरुग्वे र इजिप्टसँगको समूहमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]