default_image

10 years ago

January 4, 2016

साफ यु-१९ विजयी टोलीका छ खेलाडी राष्ट्रिय टोलीमा

152 views

0 Bookmark

बंगबंधु गोल्ड कपका लागि घोषित टोलीमा छ जना खेलाडी यु-१९ साफ च्याम्पिएनसिप विजयी टोलीका सदस्य रहेका छन्|

Nepal Under 19 Sojit Bishwash Tej Bimal

बालगोपाल महर्जन प्रशिक्षक रहेको टोलीमा उपेन्द्रमान सिंह गोलरक्षक प्रशिक्षक रहने छन्| महर्जन यु-१९ टोलि विजेता हुदा मुख्य प्रशिक्षक थिए भने सिंह यु-१६ टोलीका मुख्य प्रशिक्षक हुन्|

यु-१९ टोलीका कप्तान विमल घर्ति मगर, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर तेज तामाङ्ग, सुनिल बल र कमल श्रेष्ठ टोलीमा रहेका छन्| यसबाहेक राष्ट्रिय टोलीका समेत सदस्य रहेका डिफेन्डर अनन्त तामाङ्ग पनि टोलीमा रहेका छन्| गोलरक्षक सोजित गुरुङ्ग प्रारम्भिक टोलीमा सामेल भएपनि अन्तिम २३मा भने पर्न सकेनन| अर्का मिडफिल्डर विश्वाश श्रेष्ठ भने चोटका कारण प्रशिक्षणमा सहभागी हुन सकेनन्| साफ विजेता टोलीका डिफेन्डर आकाश थापा मगर भने हिजोमात्र ब्रिटिश लाहुरे भएका छन्|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.