8 years ago
January 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले रमपम झापा ११ को सामना गर्दै छ ।
अघिल्लो साता दाङ्गमा सम्पन्न राखेप च्याम्पियनसिप अन्तर्गत फुटबलमा उपाधि जितेको पुलिसले झापासँगको खेलबाट प्रतियोगितामा सुरुआत गर्दैछ । उक्त प्रतियोगिताले खेलाडीको मनोबल बढेकाले पोखरामा राम्रो प्रदर्शन गर्नेमा पुलिसका प्रशिक्षक अनन्त थापा आशावादी छन् । ‘दाङ्गमा उपाधि जितेकाले टोलीको मनोबल उच्च छ , त्यसैले हामीले राम्रो खेल्नेमा आशावादी छु’ , उनले भने ।
त्यस्तै युवा खेलाडीहरुलाई अनुभव दिँदै भविष्यका लागि टोली तयार गर्ने लक्ष्य लिएर अघि बढ्दै गरेको प्रशिक्षक थापाले बताए । ‘भविष्यको लागि टोली तयार गर्ने लक्ष्य सहित हामी अघि बढ्दै छौं । त्यस्तै पुलिसको टोलीमा नँया खेलाडीलाई मौका दिँदै छौं,’ थापाले भने ।
उपाधि जित्ने लक्ष्य बोकेर अघि बढेको पुलिसको टोलीमा इन्जुरीको कुनै समस्या नरहेको र गत साता च्याम्पियन बन्दाका सबै खेलाडी टोलीमा उपलब्ध रहेको थापाले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । लामो समय देखि घुडाँको चोटका कारण बाहिरिएका रविन श्रेष्ठ भने अझै मैदानमा फर्किएका छैनन् ।
झापाको टोलीमा भने स्टार स्ट्राइकर विशाल राई यस प्रतियोगितामा उपलब्ध नहुने प्रशिक्षक प्रवेश कटुवालले जानकारी दिए । टोलीमा सिनियर खेलाडीको कमि रहेपनि पुलिससँग बिगतको नतिजा आफ्नो पक्ष्यमा रहेकोले यो खेलमा जित्ने लक्ष्य रहेको उनले जनाए । ‘पुलिस सँग बिगतको खेलहरुमा नतिजा हाम्रो पक्ष्यमा छ । अहिले टोलीमा सिनियर खेलाडी धेरै छैनन् त्यसैले हामीलाई यो खेल गाह्रो हुन सक्छ तर हामी जितका लागि खेल्नेछौं ‘ , प्रशिक्षक कटुवालले जनाए ।
गत मंगसिरमा सम्पन्न सताक्षी गोल्ड कपको सेमिफाइनलमा आर्मीसँग पराजित झापा त्यसपछिको तीन प्रतियोगिताको पहिलो खेलबाट बाहिरेको छ । दुहवी गोल्ड कपमा चर्च ब्वाइजसँग पराजित भएको झापा धनगढीमा सम्पन्न खप्तड गोल्ड कपमा थ्री स्टारसँग र इटहरी गोल्ड कपमा मनाङसँग पराजित भएको थियो ।
प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस (समयसहित)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]