default_image

8 years ago

January 27, 2018

आहा राराको पहिलो क्वार्टरफाइनलमा सुदुर बंगलादेशी कल्बको समाना गर्दै

171 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ ।

प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस 

sudur

खप्तड गोल्डकपमा सुदुरका खेलाडी

प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३-० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो सिजन बंगलादेशको पहिलो डिभिजनबाट रेलिगेट भएको टोली हो ।

धनगढीको खप्तड गोल्ड कपमा प्रशिक्षक ललित चन्दको प्रशिक्षणमा रहेको सुदुरमा अहिले भने उनको उपस्थिति छैन । आफ्नो प्रतिद्वन्दीको खेल थाहा नभएपनि यो खेल आफ्नो पक्षमा पार्न हर सम्भव प्रयास गर्ने सुदुरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले हाम्रो खेलकुद डटकमलाई बताए । “पहिलो खेलमा रवाफिलो जितसँगै हामी उच्च मनोबलका साथ खेल्नेछौं  ” , उनले भने , “हामीले बरिन्धाराको खेल देखेको छैनौ तर हामीले शत प्रतिशत दिएर खेल्नेछौं ।”

इटहरी गोल्ड कपमा केही क्लबहरुको व्यस्तताका काराण हिजो मात्र आहा-रारा गोल्डकपको क्वाटरफाइनल यताको तालिका सार्वजनिक गरिएको हो । खेल पोखरा रंगशालामा २:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.