8 years ago
January 28, 2018
पोखरा ( हाम्रो खेलकुद)- त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको पासमा कप्तान भरत खवासले गोल गरे ।
१९ अौं मिनेटमा टंक बस्नेतको क्रसमा प्रिन्स जर्ज कार्कीले गोल गर्न सकेनन् भने ४५ अौं मिनेटमा नवयुग अग्रता दोब्बर गर्न चुके । ६३ अौं मिनेटमा धरानका निशान लिम्बूले बराबरी गोल फर्काए ।
८८ अौं मिनेटमा नवयुगको हेडर भरतको क्रसमा पोस्टमा छिरेपनि रेफ्रिले त्यसलाई अफसाइड दिए । त्यसपछि १०/१० मिनेट थप गरिएपनि दुवैले गोल गर्न सकेनन् ।
टाइब्रेकरमा अार्मीका भरत खवास मैदानबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी पाएका जर्ज प्रिन्स चुक्दा अार्मी पराजित हुन पुग्यो । जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै आर्मीको हारको कारण बन्यो । जर्ज प्रिन्स बाहेक आर्मीका नवयुग श्रेष्ठ , दीपक गुरुङ , दीप लामा र विवेक बस्नेतले गोल गरे । त्यस्तै धरानका कप्तान विष्णु सुनार , निशान लिम्बु , बुद्धीमान राई , रोमन लिम्बु र सुरज बिकले गोल गरे ।
खेलको म्यान अफ दि म्याच निशान लिम्बू भए । यसअघि मदन भण्डारी गोल्डकपमा पनि अार्मी थ्रीस्टारसँग पेनाल्टीमा पराजित भएको थियो ।
प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस ।
बेलुकी ६:३७ मा सच्याइएको
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]