default_image

8 years ago

January 29, 2018

आहा-रारामा आज एपिएफले थ्री स्टारको सामना गर्दै

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा-रारा गोल्ड कपको तेस्रो क्वाटरफाइनलमा नेपाल एपिएफ क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दै छ । मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थ्री स्टार उच्च मनोबलका साथ मैदानमा उत्रने छ ।

Three

खप्तड गोल्ड कपमा थ्री स्टारका खेलाडी

प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा एपिएफले आदित्य चौधरीको निर्णायक गोलमा संकटालाई हराएको थियो भने थ्री स्टारले प्रतियोगितामा सोझै अन्तिम ८ मा स्थान पाएको हो ।

यसअघि इटहरी गोल्डकपको पहिलो खेलमा थ्री स्टारसँग पराजित हुँदै बाहिरिएको एपिएफका प्रशिक्षक रत्न काजी महर्जन त्यस खेललाई पाठको रुपमा लिँदै आहा गोल्ड कपमा खेल सुधार्ने बताउँछन् । “खप्तड गोल्ड कपमा खेलेर थोरै मात्र विश्राम पाएका कारण हाम्रा खेलाडीहरुमा फिट्नेसको समस्या देखियो । त्यसैले हामीले इटहरीमा थ्री स्टारसँग पराजित भयौं । तर त्यो खेलमा गरेको गल्तीलाई सुधार्दै आज खेल्नेछौं ” , महर्जनले हाम्रो खेलकुद डट कमलाई भने । त्यस्तै श्याम नेपाली पूर्ण रुपमा फिट नभएको कारण आजको खेलमा खेल्ने निश्चित नभएको उनले बताए ।

प्रतियोगिताको तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस। 

APF

थ्री स्टारका लागि यस प्रतियोगितामा भने विमल घर्ती मगर उपलब्ध हुने छैनन् । गत महिना थ्री स्टारसँग अनुबन्धित भएका उनी भारतीय आइ-लिग क्लब मोहन बगानसँग आबद्ध भएका छन् । उनले थ्री स्टारसँग धनगढीमा खप्तड गोल्डकप र इटहरीमा मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सामेल भए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसी भने विमलको अनुपस्थितिले टोलीलाई धेरै असर नपार्ने बताउँछन् ।”विमलले राम्रो अवसर पाएका छन् । हामीले उनलाई राम्रोसँग विदाई गर्यौं । तर थ्री स्टार १ वा २ खेलाडीमा निर्भर नभएर टीम वर्कमा विश्वास गर्ने टोली भएकाले हामी उनको अनुपस्थितिमा पनि राम्रो खेल्ने छौं ” , केसीले हाम्रो खेलकुद डटकमलाई बताए ।

इटहरीमा उपाधि जितेकाले टोली उच्च मनोबलमा रहेपनि छोटो समयमा दुई प्रतियोगितामा खेल्नु पर्दा खेलाडी थकित रहेको केसीले बताए । “हामीले इटहरीमा शनिबार खेलेपछि लामो दुरी यात्रा गरेर पोखरा आएका छौं , त्यसैले खेलाडीमा थकान देखिन्छ । तर यो थकानलाई भुलेर पोखरामा जुन थ्री स्टारको क्रेज छ , त्यसलाई कायम राख्ने हाम्रो तर्फबाट सक्दो प्रयास गर्नेछौं ” , केसीले थपे ।

  

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.