default_image

8 years ago

January 29, 2018

एपिएफलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहाको सेमिफाइनलमा

116 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री स्टारले विदेशी खेलाडी विना खेल्नु पर्यो ।

थ्री स्टारले १२ औं मिनेटमा पाएको कर्नर मार्फत अग्रता लिने मौका पाएको थियो । सुनिल बालको प्रहारमा एपिएफका डिफेन्डरले क्लियर गर्ने प्रयास आफ्नै क्रसबारमा लागेपछि आत्मघाती गोलबाट एपिएफ जोगिएको थियो ।

एपिएफ ३० औं मिनेटमा तोप बहादुर विष्टको ३० यार्डको प्रहारमा गोल नजिक पुगे पनि थ्री स्टारका किपर एलेनले विश्वस्तरिय बचाउ गर्दै तोप बहादुरको उतिकै उत्कृष्ट प्रहारलाई बचाए ।

दोस्रो हाफमा ७१ औं मिनेटमा थ्री स्टारका डिफेन्डर रञ्‍जित धिमाल र गोल किपर एलेन बीच तालमेल नमिल्दा दबावमा परेको थ्री स्टारका लागि अनन्तले क्लियर गर्दै जोगाए । ८० औं मिनेटमा नविन लामाले बाँयाबाट गरेको क्रसमा ६ यार्डबक्समा बिकु लामाले नभेटेपछि गोल हुन सकेन ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरमा निर्भर भएको हो । टाईब्रेकरमा एपिएफका राजेन्द्र रावलको प्रहार थ्री स्टारका किपर एलेन न्यौपानेले रोकेपछि एपिएफ प्रतियोगिताबाट बाहिरिनु पर्यो । एलेन खेलका ‘म्यान अफ द म्याच’ भए ।

एपिएफका अन्जन बिष्ट , नविन लामा र रन्जन बिष्टले टाइब्रेकरमा गोल गरे ।  थ्री स्टारका लागि रञ्‍जित धिमाल, निराजन खड्का, सुनिल बाल, बिक्रम लामा र विजय धिमालले टाइब्रेकरमा गोल गरे ।

थ्री स्टारले अब सेमिफाइनलमा बंगलादेशी क्लब उत्तर बरिन्धाराको सामना गर्नेछ ।

प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस । 

Alen

Alen keeper

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.