8 years ago
January 30, 2018
दिपेन्द्र पोखरेल
पोखरा – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब १६ औं आहा-रारा गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित मनाङ आफ्नो पहिलो खेलबाट बाहिरिएको हो । पुलिसले भने रमपम झापा-११ लाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो ।
वोर्क परमिटको कारण विदेशी खेलाडी खेलाउन नपाएको मनाङ पुलिसविरुद्ध सेट देखिएन । पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन ।
दोस्रो हाफमा निर कुमार राई, दिनेश राजबंशी र सुमन लामाको गोलमा पुलिसले ३-० को अग्रता लियो । मनाङलाई विशाल राईको एकमात्र गोल भने पर्याप्त भएन ।
खेलको ५३ औं मिनेटमा दाँयाबाट करिब २५ यार्डको गोलसंगै पुलिसलाई अग्रता दिलाएका निरले ५७ औं मिनेटमा उनको मद्दतले पुलिसलाई दोस्रो गोल दिलाए । निरको बाँया विङ्गको क्रसलाई दिनेशले हेड मार्फत गोल गरेका थिए । पुलिसले ७२ औं मिनेटमा सुमन लामाको गोलमा तेस्रो गोल गर्यो । गाडी बढेर पुलिसको काउन्टर एट्याक रोक्ने प्रयासमा रहेका मनाङको किपर दिनेश थापा मगरलाई बिट गर्दै सुमनले गोल गरे ।
मनाङ तीन गोलले पछि परे यता खेलमा दबाब राख्न सफल भयो । अनिलको पासमा विशालले ८२ औं मिनेटमा गोल गरेपनि मनाङलाई त्यो गोल पर्याप्त भएन ।
पुलिसले प्रतियोगिताको सेमिफाइनलमा धरानको सामना गर्नेछ । धरान यसअघि आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]