default_image

8 years ago

February 9, 2018

एपिएफ रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

155 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब रुस्लान नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) निलोलाई शुक्रबार २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । एपिएफले क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद डट कम

सिमरा रंगशालामा एपिएफले गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । ४६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसकेपछि दबाबमा परेको एपिएफका लागि अन्त्यतिर रवि थिङ र अन्जनका दाजु रञ्जनले गोल गरेका थिए । रविले ७२ औं मिनेटमा गोल गरे भने रञ्जनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल थपेका थिए ।

पहिलो रोजाईका युवराज खड्काको स्थानमा खेलको ६२ औं मिनटमा मैदान प्रवेश गरेका रविले गोलको खाता खोलेका हुन् । नविन लामाको क्रसमा रविले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । वन भर्सेस वनको स्थितीलाई सदुपयोग गर्दै रञ्जनले शानदार गोल गरे । बाराका स्थानीय खेलाडी सहभागि नवजनजागृतीले पहिलो हाफमा एपिएफलाई कडा टक्कर दिएपनि नवजनजागृतीले गोलको अवसर सृजना गर्न सकेन ।

एपिएफले खेल अवधिभर सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिम सम्म कडा संघर्ष ग¥यो । खेलको सातौं मिनटमा एपिएफका अञ्जनको पासमा रञ्जनले डिएरियाबाट गरेको प्रहार नवजनजागृतीका गोल रक्षक दिलमणी चौधरीले विफल पारे ।१२ औं मिनटमा युवराज खड्काको प्रहार क्रसबार माथिबाट गयो ।

एपिएफका रुपबहादुर लामाको पासमा युवराजले पेनाल्टी बक्स भित्रै पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको १७ औं मिनटमा एपिएफका रञ्जनले अर्को अवसर गुमाए । नविन लामाको क्रसमा डिबक्स भित्रैबाट रञ्जनले गरेको शसक्त प्रहार पोष्ट नजिकबाट बाहिरीयो । खेलको ४६ औं मिनटमा एपिएफका अञ्जन विष्टले पेनाल्टी अवसर गुमाए ।

नवजनजागृतीका डिफेण्डर लोकेन्द्रबहादुर कार्कीले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा अञ्जन गोल गर्न चुके । अञ्जनको पेनाल्टी प्रहार पोष्ट नजिकबाट बाहिरीयो । निकै रोमाञ्चक खेलमा नवजनजागृतीले पनि केहि अवसर गुमाएको थियो । खेलको तेश्रो मिनटमा विवेक चौधरीले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले ।

चतुर्धन चौधरीको पासमा विवेकले पेनाल्टी एरियामा पाएको अवसर सदुपयोग गर्न सकेनन् । ३१ औं मिनटमा विवेक चौधरीको क्रसमा पेनाल्टी एरियामा पाएको अर्को अवसर सागर चौधरीले खेर फाले । वन भर्सेस वनको स्थितीमा विवेकको क्रस बल सागरले सम्हाल्न नसक्दा एपिएफका गोल रक्षक राजु नगरकोटीले बचाउ गरे ।

खेलको ८९ औं मिनटमा नवजनजागृतीका विशान्त तामाङले बराबरी गोल गर्ने मौका गुमाएका थिए । सुनिल राउतको पासमा डि बक्स भित्रैबाट तामाङले गरेको प्रहार एफिएका गोलरक्षकले बचाए । खेलको म्यान अफ दि म्याच एपिएफका रञ्जन विष्ट घोषित भए । शनिवार सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगर विच क्वाटर फाईनल खेल हुने छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.