8 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको विभागीय टोली एपिएफ र हङकङको महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । ‘लुनार न्यू यर्स कप’ मा नेपाल एपिएफले हङकङ कवलुन स्थित मंग कक रंगशालामा खेल खेल्ने छ । ‘लुनार न्यू यर्स कप’ चिनी नँया वर्षको अवसरमा हरेक वर्ष हुने प्रतियोगिता हो ।
खेल १९ फेब्रुअरीमा (फाल्गुन ७) स्थानिय समय अनुसार दिउसोको १:३० मा सुरु हुने हङकङ फुटबल संघको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको नेपाल एपिएफ अघिल्लो महिना सम्पन्न राखेप च्याम्पियनसिप महिला लिग अन्तर्गत सुपर लिगको विजेता हो । त्यही प्रतियोगिता अन्तर्गत मध्यपश्चिमलाई २६–० ले पराजित गर्दा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् ।
सावित्रा बाहेक टोलीमा मनमाया लिम्बु, गीता राणा, हिरा भुजेल, रेणुका नगरकोटी, अनिता बस्नेत, मंजली तामांग, सरु लिम्बु, एन्जिला सुब्बा लगायतका खेलाडी छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]