8 years ago
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
तत्कालिन अध्यक्ष गणेश थापामाथि फिफाले १० वर्षको प्रतिबन्ध लगाएपछि १५ महिना अघि रिक्त पदका लागि भएको निर्वाचनमा शर्पा र उनको पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिएका दीपक खाती पराजित भएका थिए । एन्फाको १ वर्षे बाँकी अवधिका लागि गत वर्ष मंसिरमा भएको निर्वानमा अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणी कुँवर विजयी भएका थिए ।
अघिल्लो वर्षभन्दा एन्फा निर्वाचनमा यसपटक समिकरणमा फेरबेदल देखिएको छ । श्रेष्ठको पक्षलाई समर्थन गर्दै त्यति बेला एन्फाको मानार्थ अध्यक्ष बनेका टासी घले, पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मालगायतले यसपटक शर्पालाई समर्थन गर्ने भएका छन् । एन्फा निर्वाचनमा महत्वपूर्ण व्यक्ति मानिएका एन्फाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर पनि यसपटक शर्पाको पक्षमा उभिएका छन् । यसअघि उनी संस्थापन पक्षमा थिए । शेर्पा पक्षले उनलाई महासचिवका रुपमा मनोनयन गर्ने सहमति भएको बुझिएको छ ।
ए डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष समेत रहेका शेर्पा लामो समय एन्फामा उपाध्यक्षका रुपमा रहेका थिए । तत्कालिन अध्यक्ष थापाको कार्याकालमा झन्डै १४ वर्ष उपाध्यक्ष रहेका उनी पछिल्लो एक वर्षभने एन्फा बाहिर छन् । गत वर्ष एन्फा उपाध्यक्षबाट राजीनामा दिएर उनी अध्यक्षका प्रत्यासी बनेका थिए ।
२०७० को एन्फा निर्वाचनपछि केहि समयपछि भने उनले फुटबललाई भ्रष्टाचारमुक्त बनाउनु पर्छ भन्दै थापा र एन्फाविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएको थियो ।
लेखा समितिले ५८ करोड एन्फामा भ्रष्टाचार भएको ठहर गरेपछि अख्तियारले भने थापाको मुद्दालाई तामेलीमा राखेको थियो । पछि फिफाले भ्रष्टाचारमा संलग्न भएको भन्दै थापालाई १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । झन्डै २ दशक एन्फाको नेतृत्व गरेका थापाको बर्हिगमनसँगै फुटबलमा नयाँ नेतृत्व स्थापना भएको थियो ।
नयाँ नेतृत्वका लागि एन्फाको निर्वाचन चैत १४ गते हुँदैछ । एन्फाका ४५ जिल्लामध्ये ३ जिल्लाबाहेकमा निर्वाचन सम्पन्न भइसकेको छ । भक्तपुर र नवलपरासीको निर्वाचन विवाद अदालतमा विचाराधिन छ भने मकवानपुरको निर्वाचनलाई एन्फाले मान्यता दिएको छैन ।
हरेक जिल्लाबाट १ जना, १४ ए डिभिजन क्लबबाट समान १ , बी डिभिजनमध्ये बाट ९, सी डिभिजनमध्ये बाट ५ जना तथा ४ समिति (खेलाडी, प्रशिक्षक, महिला र रेफ्री) समितिका समान १ गरि ७७ जनाले मतदात गर्न पाउनेछन् । रेफ्री समितिको निर्वाचन पनि उच्च अदालत पाटनमा विचाराधिन छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]