8 years ago
February 10, 2018
धरान (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो ।
थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको गोल नै खेलमा निर्णायक बन्न सफल भयो ।
खेलको २५ औं मिनेटमा घाइते भएका थ्रीस्टारका विक्रम लामा उपचारका लागि काठमाडौं पठाइएको छ । खेलको २७ औं मिनेटमा पुलिसका हेम तामाङ र थ्रीस्टारका सेगुनले रातो कार्ड पएपछि दुवै टोली १० खेलाडिमा सीमित भएका थिए ।
यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको छ । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थ्रीस्टारले यहि महिना इटहरी गोल्डकपको उपाधि उचाल्न पनि सफल भएको थियो ।
यस जितसँगै माघ २० गते पोखरामा भएको आहा रारा गोल्डकपमा पुलिससँग १–० ले हार व्यहोरेको थ्रि स्टारले सो हारको बदला पनि लिन सफल भएको छ ।
पुलिसले बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार भएको खेलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कलकत्तालाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]