default_image

8 years ago

February 10, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रम कम्तीमा ६ महिना मैदान बाहिर

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका लागि शनिबारको दिन मिश्रित खालको रह्यो । पाँचौं पटक बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्नुअघि शनिबार खेलका दौरान टोलीका कप्तान विक्रम लामा चोटग्रस्त भएका छन् ।

तस्बिर सौजन्य : सञ्जिव शिल्पकार

पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । शनिबार साँझ नै काठमाडौं ल्याइएका विक्रमको दायाँ नली खुट्टाको आजै शल्यक्रिया हुने भएको छ ।

क्लबका महासचिव सञ्जिव शिल्पकारका अनुसार डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले रातीनै शल्यक्रिया गर्नेछ । महासचिव शिल्पकारका अनुसार विक्रमलाई खेलमा फर्कन कम्तिमा पछि छ महिना लाग्नेछ । ‘सामान्य हिडडुलका लागि मात्र पनि तीन महिना लाग्न सक्छ’, शिल्पकारले भने,’खेलमा फर्कनका लागि छ महिना कम्तीमा लाग्ने अनुमान छ ।’

पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएपछि विक्रम घाइते भएका थिए । राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ । माघको १२ गते मदन भण्डारी स्मृति इटरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.