default_image

8 years ago

February 11, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रमको सफल शल्यक्रिया, मैदान फर्कन ८ महिना लाग्न सक्ने

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको आइतबार विहान बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दौरान पहिलो हाफमा उनको खुट्टामा भाच्चिएपछि उपचारका लागि हिजै राजधानी ल्याएको थियो ।


शल्यक्रियापछि डाक्टरहरुसँग विक्रम लामा । तस्बिर सौजन्य :ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टिमले विक्रमको गोडाको शल्य क्रिया गरेको हो । आइतबारबाटै विक्रमको फिजियोथेरापी सुरु गरिने अस्पतालले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । डा. पाण्डेका अनुसार विक्रमलाई खेल मैदानमा फर्कन ६ देखि ८ महिना लाग्नेछ ।

नेपाल पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएपछि विक्रम घाइते भएका थिए । विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ ।

माघको १२ गते मदन भण्डारी स्मृति इटरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.