default_image

10 years ago

January 9, 2016

फाल्गुनन्द गोल्डकप आजबाट सुरु, काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात

185 views

0 Bookmark

सातौँ फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता आज बाट सुरु भरुकोछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।

DSC02489
आजभएको खेलमा  काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात गरेको छ । विराट नगर स्पोर्टस एकेडेमी मोरङलाई पछि पारेको हो । खेलमा प्रतिस्पर्धा भएकाले दर्शकले राम्रो मनोरञ्जन लिन पाए ।
सुरुवाती समयमा केहि राम्रो खेलेपनि पहिलो हाफमा मोरङले राम्रोसाग जम्न सकेन । खेल्नमा दवाव राख्न खोजेपनि केएफसिले गोलगर्ने धेरै मौका गुमायो । दोश्रो हाफमा मोरङ फर्ममा फर्केपनि केएफसिको रक्षापङ्ती झेल्न सजिलो भएन । र खेल ट्राईवकेरमा गयो र काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिम ४–२ ले विजय भयो । मोरङका विवेक राजवशिं र पृथ्वी चौधरीले ट्राईवकेरमा वललाई गोलपोष्ट भन्दा वाहिर प्रहार गरेका थिए ।

केएपसिका आज्ञा सर्मा, दावा लेप्चा, राजकुमार लिम्बु र हाङ्सु लिम्बुले गोल गरेका थिए । मोरङका लागि वुद्धमान राई र मनीष अधिकारीले गोल गरेपनि जितका लागि पर्याप्त थिएनन ।

फिदिम स्पोर्टिङ क्लवको आयोजनामा भएको आईतवारको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लव र माईभ्याली फुटवल क्लव इलाम विच प्रतिस्पर्धा हुदै छ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.