8 years ago
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत ‘विभागीय डर्बी’मा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफलाई ४-० ले हराउन सफल भएको छ । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित पारेको छ ।
तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम
आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको ३७ औं मिनेटमा गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै स्ट्राइकर नवयुग श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । दिनेश हेम्जनले खेलको ७१ औं मिनेटमा गोल गर्दै स्कोर ३-० पारेका थिए ।
खेलको ७४ औं मिनेटमा एपिएफका रन्जन विष्ट र अन्जन विष्ट तथा आर्मीका नवयुग श्रेष्ठले खेलको अनुशासन भङ्ग गरेकाले रातो कार्ड पाएपछि मैदान छाडेका थिए ।
विपक्षीको एक खेलाडि कम भएको मौका छोप्दै जर्ज प्रिन्स कार्कीले ८२ औं मिनेटमा आफ्नो दोस्रो गोल गर्दै स्कोर ४-० बनाए र टोलीको जित सुनिश्चित गरे । आर्मीले १० खेलाडि र एपिएफले ९ खेलाडिमा खेल अन्त्य गरे ।
यस अघि मोरङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलिको क्वाटरफाइनल खेलमा थ्रीस्टार सुदुरपश्चिमसँग भिड्दै छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]