8 years ago
February 12, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत थ्रीस्टार क्लबले सुदुर पश्चिमलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । निर्धारित समय १-१ मा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको हो ।
तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम
थ्रीस्टारले खेलको ४३ औं मिनेटमा विश्वास श्रेष्ठको गोलबाट अग्रता लिन सफल भएको थियो । निराजन खड्काको पासमा विश्वासले डि-बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।
तर मणिराम चौधरीले खेलको ८७ औं मिनेटमा एक गोल फर्काउँदै खेललाई पेनाल्टीतर्फ लगेका थिए । पेनाल्टीमा थ्री स्टारका लागि रेजिम धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनिल बालले आफ्नो अवसर गोलमा परिणत गरे ।
सुदुरका लागि नरेन्द्र चौधरी र राकेश हमालले पेनाल्टीलाई परिणत गरे पनि जीबन चौधरी र चेतन थारु चुक्दा सुदुर पश्चिम क्वाटरफाइनलबाट बाहिरिन बाध्य भयो ।
यस अघि मोरङ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । भोलि अन्तिम क्वाटरफाइनल खेलमा वीरगंज युनाइटेड र सिएमजी संकटा भिड्दै छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]