default_image

8 years ago

February 13, 2018

सिमरा गोल्डकप: वीरगंज विजयी, सेमिफाइनल समिकरण पुरा

117 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत वीरगंज युनाइटेड क्लबले सिएमजी संकटालाई अन्तिम क्वाटरफाइनलमा १-० ले हराएको छ ।

तस्विर: विवेक सुवेदी / हाम्रो खेलकुद

वीरगंजले खेलको १६ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । वीरगंजका विशाल राईले गरेको प्रहार संकटाका गोलकिपरले पुरै नियन्त्रणमा लिन नसकेपछि फरवार्ड अमन डंगोलले सो अवसरको सदुपयोग गर्दै टोलीलाई गोल दिलाए ।

सो गोल नै खेलमा निर्णायक सावित भयो । कप्तान अमन गोल गरेको केहि बेरमा घाइते भएर मैदान छाड्न बाध्य भएका थिए । यस जितसँगै वीरगंजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

वीरगंजले बिहिबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । त्यस्तै बुधबारको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लब र रुस्लान थ्री स्टारबीच  प्रतिस्पर्धा हुनेछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.