8 years ago
February 14, 2018
सिमरा (हाम्रो खेलकुद )- रूस्लान थ्री स्टार क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद

सिमरा रंगशालामा बुधबार मोरङ फुटबल क्लबलाई ४- २ ले हराउँदै थ्री स्टार सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो ।
चार हप्तामा थ्री स्टार चौथो गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । आज थ्री स्टारको जितमा सुनिल बलले २, विष्णु गुरुङ र अनन्त तामाङले १/१ गोल गरे । खेलको अन्त्यतिर कर्ण लिम्बुले मोरङका लागि २ गोल फर्काए ।
विष्णुले २४ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अघि बढाए भने सुनिलले ३८ औं मिनेटमा गोल गरे । सुनिलले ४९ औं मिनेटमा अर्को गोल थपे । ७७ औं मिनेटमा अनन्तले गोल गरे । कप्तान नीराजन खड्काको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् ।
खेल सकिन १० मिनेट बाँकी रहँदा थ्री स्टार प्रशिक्षक मेघराज केसीले गोलकिपर एलन न्यौपानेको ठाँउमा अर्का गोलकिपरलाई मैदान प्रवेश गराए । त्यसको फाइदा कर्णले उठाए ।
उनले ३ मिनेटको फरकमा २ गोल गर्दै खेललाई रोमांचक मात्र बनाएनन्, थ्री स्टारमाथि दबाव पनि बढाए । कर्णले ८१ औं र ८४ औं मिनेटमा गोल गरेका थिए । तर त्यसपछि मोरङले गोल थप्न सकेन ।
थ्री स्टारले फाइनलमा त्रिभुवन आर्मी वा वीरगन्ज युनाइटेडसँग फाइनल खेल्नेछ । थ्री स्टारले गत महिना ३ फाइनल खेल्दा २ उपाधि जितेको थियो ।
माघ १३ गते मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन स्मृती इटहरी गोल्डकप जितेको थ्री स्टारले माघ २७ गते धरानमा २० औं बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो । त्यसबीच माघ २० गते पोखराको आहा रारा गोल्डकपको फाइनलमा टोली नेपाल पुलिससँग पराजित भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]