8 years ago
February 15, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं सिमरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेडमाथि ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै आर्मीले फाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ ।
आजको सेमिफाइनलमा आर्मी वीरगंजविरुद्ध निकै हावी देखियो । खेलको ३८ औं मिनेटमा टंक बस्नेतको क्रस भरत खवासले निरन्त्रणमा नलिए पनि दिनेश हेम्जनले सो अवसर सदुपयोग गर्दै टोलीलाई खेलमा अग्रता दिलाए ।
त्यस्तै खेलको ६० औं मिनेटमा भरत खवासको प्रहार डिफ्लेक्ट हुँदै वीरगंजको आत्मघाती गोल हुन पुगेको थियो । त्यसैगरी खेलको ६७ औं मिनेटमा टंक बस्नेतको पासमा दिप लामाले गोल गर्दै स्कोर ३-० बनाएका थिए ।
आर्मीले आफ्नो जित अझै फराकिलो बनाउन सक्थ्यो । तर दोस्रो हाफमा दिनेश, सुमन अर्याल र सन्तोष तामाङले पाएका अवसरहरु गुमाउँदा आर्मी ३ गोलमै सीमित रह्यो ।
खेलको अन्तिम समयतिर आर्मीका गोलकिपर विकेश कुथुलाई परिवर्तन गरिएको थियो । अघिल्लो खेलमा चोटिल भएका विकेशको फिटनेसमा केहि समस्या देखिएको छ ।
अब फाइनल खेलमा आर्मी थ्रीस्टारको सामना गर्ने छ । सो खेल पर्सि फाल्गुन ५ गते खेलिने छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]