8 years ago
February 16, 2018
दिपक न्यौपाने
बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औ सस्करण यसै महिना आयोजना हुने भएको छ । फागुन २४ गतेबाट विगतमा जस्तै प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर (कुमार) केसीले जानकारी दिए ।
चैत ३ गते सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने शुक्रबार आयोजित्र पत्रकार सम्मेलनमा जानकारी दिदयो । २०३१ सालमा हालको बुटवल उपमहानगरपालिकाले स्थापना गरेको प्रतियोगिताको यसपटकको विजेताले ७ लाख, ७७ हजार ७ सय ७७ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले समान २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
पुरस्कार राशिमा बृद्धि
मोसफलमा पुरस्कार राशी बढाउने होड नै चलेको छ । त्यसमा तोलत्तमा गोल्ड कप पनि परेको छ । यसपटक पुरस्कार राशीमा २ लाख रुपैयाँ भन्दा बढी बृद्धि भएको छ । गत वर्षको विजेताले ५ लाख ५५ हजार प्राप्त गरेको थियो भने यसपटकको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ ।
लामो समय रोकिएर पुनः सञ्चालनमा आएको केही वर्ष भएको छ । प्रतियोगिताको निरन्तरताका लागि पनि हामीले पुरस्कार राशीमा अलि अलि बृद्धि गरेका हौं, अध्यक्ष केसीले भने, एकैपटक १५, २० लाख रुपैयाँ पनि राख्न सकिएर तर त्यसले निरन्तरता दिनमा कठिनाई पर्न सक्छ ।
एक लाख दर्शकको अपेक्षा
रुपन्देहीले यसपटक तिलोत्तमा १ लाख बढी दर्शकले हेर्न अपेक्षा गरेका छन् । गत वर्ष झन्डै ८० हजार दर्शकले तिलोत्तमा हेरोको उल्लेख गर्दै जिल्ला संघका महासचिव लोक पुनले यसपटक दर्शक बढ्ने अपेक्षा गरेको बताए ।
तिलोत्तम गोल्डकपले पछिल्ला बर्षमा निरन्तरता पाएकै कारण दर्शक पनि बढ्दै जाने विश्वास जिल्ला संघका उपाध्यक्ष हरि क्षेत्रीको छ । यसपटक सिजनल टिकटको मुख्य २ हजार तथा साधारण टिकटको दर २ सय र १ सय रुपैयाँ तोकिएको संघले जनाएको छ।
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]