8 years ago
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो । 
राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम विरुद्धको खेलमा घाइते भएका विशाल त्यसयता विभिन्न क्लबबाट खेल्दै आएका थिए । गत चैत्रमा माईभ्याली गोल्ड कपमा संकटाबाट खेलेका उनले यसअघि सिमरा गोल्ड कपमा आयोजक नव जन जागृती युवा क्लबबाट खेलेका थिए । रुपेशले भने विगत केहि प्रतियोगितामा संकटाको प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै यू-२३ राष्ट्रिय टोलीका डिफेन्डर निरज बस्नेतले भने सिमरा गोल्ड कपमा मोरङ फुटबल कल्बबाट खेलेका थिए ।
इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनलमा पराजित मनाङ पोखरामा सम्पन्न आहा-रारा गोल्ड कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित भएको थियो । धरानको बुढासुब्बा गोल्ड कपको पनि पहिलो खेलमा संकटासँग पराजित भएपछि मनाङले सिमरा गोल्ड कपबाट नाम फिर्ता लिएको थियो । त्यस समय चोटको कारण देखाएको मनाङले शनिबार हेटौंडा गोल्ड कपको पहिलो खेलमा नेपाल एपिएको सामना गर्दै छ । मनाङमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठ, विशाल राई लगायतका खेलाडी लामो समयदेखि खेल्दै आएका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]