8 years ago
February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ। सिमरा रंगशालामा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक नवजनजागृति युवा क्लबले जनाएको छ । आर्मीले सिमरा गोल्डकप जिते टोलीको तयो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्री स्टारले जित्न सके वर्षको दोस्रो सफल टोली बन्नेछ ।
नवजनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै गोल्ड कप हो । फाइनलमा दुई ए डिभिजन क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग फाइनल खेल्दैछ । थ्री स्टार पहिलो पटक सिमरामा फाइनल खेल्दैछ ।
थ्रीस्टारका अग्रपङ्तिका दुई खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन् । यसअघि कप्तान विक्रम लामा बुढासुब्बाको फाइनल खेल्दा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रीस्टारको कप्तानी सम्हालिरहेका छन् । आर्मीका रक्षक जितेन्द्र कार्की घाइते भएका छन् भने रातो कार्डका कारण सेमिफाइनल खेल गुमाएका नवयुग श्रेष्ठ फाइनलमा खेलमा फर्किने छन् ।
एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा बीरगंज युनाइटेडलाई ३–० ले हराएको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मोरङ्लाई ४–२ ले हराएको थियो ।
सिमरा गोल्ड कपमा यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल नखाएका आर्मीका गोलकिपर बिकेश कुथुको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । मोरङ् ११ का कर्ण लिम्बु, थ्रीस्टारका सुनिल बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २-२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा आगाडी छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]