8 years ago
February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– जारी ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको खेलको दोस्रो हाफमा नेपाल आर्मीले आग्रता लिएको छ। खेलको ५८ औ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीले अग्रता लिएको हो ।
खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका हुन्। खेलको ५८ मिनेटमा बक्स भित्रैबाट बिमल पाण्डेले दिएको पास नवयुग श्रेष्ठले एक्रोब्याटिक सट प्रयास गरेपनि फुत्केर गएको बलमा दिनेश हेम्जनले गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो। फाइनल खेल अगाडीसम्म २ गोल गरिसकेका दिनेशले गोल संख्या ३ पुर्याउदै प्रतियोगिताको उच्च गोलकर्ता भएका छन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]