default_image

8 years ago

February 17, 2018

सिमरा गोल्डकपमा थ्रीस्टारलाई हराउँदै आर्मीलाई सिजनको पाँचौं उपाधि

124 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा थ्रीस्टारलाई २-० ले हराउँदै आर्मीले सिजनको पाँचौं उपाधि हात पारेको छ ।

खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा बक्स भित्रैबाट बिमल पाण्डेले दिएको पासमा नवयुग श्रेष्ठले एक्रोब्याटिक सट प्रयास गरेपनि फुत्केर गएको बलमा दिनेश हेम्जनले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । फाइनल खेल अगाडीसम्म २ गोल गरिसकेका दिनेशले गोल संख्या ३ पुर्याउदै प्रतियोगिताको उच्च गोलकर्ता भएका छन् ।

त्यस्तै खेलको ७४ औं मिनेटमा भरत खवासको पासमा नवयुग श्रेष्ठले १८ यार्ड बक्स भित्र बाट प्रहार गरेको बल गोलमा परिणत हुँदा आर्मीले आफ्नो अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको थियो । आज थ्रीस्टारको प्रदर्शन निकै फितलो रह्यो । खेलको सुरुमा थ्रीस्टारले दुई राम्रा अवसरहरु गुमाएको पनि थियो । आर्मीले यस प्रतियोगिता भरि एक गोल पनि खाएन भने ३ खेलमा कुल ९ गोल गर्‍यो ।

यस जितसँगै आर्मीले सिजनमा आफ्नो पाँचौं उपाघि हात पारेको छ । आर्मी यस बर्ष मोफसलका प्रतियोगितामा सर्वाधिक सफल क्लब हो । यस सिजन ९ प्रतियोगिता खेल्ने क्रममा ५ नकआउटको उपाधि जितेको छ । बैशाखमा बीरगंजमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुस महिना झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.