default_image

8 years ago

February 17, 2018

इन्डोनेसियामा रोहितको क्लबलाई प्रेसिडेन्ट कप उपाधि

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रि«य फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले प्रेसिडेन्ट कप २०१८ को उपाधि जितेको छ । बाली युनाइटेडलाई शनिबार ३–० ले हराउँदै जाकार्ता च्याम्पियन बनेको हो ।

च्याम्पियन जाकार्ताले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको रोहितका दाजु रविन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए ।
सेमिफाइनलको दोस्रो लेगमा आराम दिइएका रोहितले फाइनलमा उच्च प्रदर्शन गरेका थिए । ७० हजार भन्दा बढी दर्शकको उपस्थित रहेको खेलमा जाकार्ताले गरेका ३ मध्ये २ गोलमा रोहितले एसिस्ट गरेका थिए ।

रोहित लगातार दोस्रो सिजन क्लबमा आबद्ध भएर उच्च प्रदर्शन गरिरहेका छन् । यति बेला रोहित नेपाली तीन खेलाडी विदेशी क्लबमा आबद्ध छन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तीमगर इन्डियन लिग (आइ लिग) टोलीमा आबद्ध छन् । किरण आइलिगको शीर्षस्थानमा रहेको मिनेर्भा र विमल मोहन बगानमा आबद्ध छन् ।

 

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.