8 years ago
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले आइतबार हिरो इन्डियन लिग (आइ लिग) मा सफलता प्राप्त गरेको छ । मोहन बहानले नेरोकालाई ३–२ ले हराएको छ । हारका वावजुद नेरोका ३१ अंकका साथ शीर्षस्थानमा छ ।
नेरोकाले १७ खेल खेलिसक्दा दोस्रो स्थानमा रहेको मिनेर्भा (२०) ले १४ तथा तेस्रो स्थानको इष्ट बंगाल (२६) र चौथो स्थानको मोहन बगान (२४) ले समान १५ खेल खेलेका छन् । मिनेर्भामा नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ आबद्ध छन् ।
नेरोकाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । सुवास सिंहको गोलबाट १६ मिनेटमा नेरोकाले अग्रता लिएपनि २१ औं मिनेटमा डिपान्डा डिकाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ओडिली चिडीको गोलमा नेरोकाले २४ औं मिनेटमा पुनः अग्रता लियो ।
तर त्यो पनि लामो समय टिकेन डिकाले ३० औं मिनेटमा बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मोहन बगानका अक्रम मोगराबीले गोल गरे र त्यहि गोलमा टोलीले जित दर्ता गरे । यद्दपी अघिल्लो महिला क्लबमा आबद्ध भएका विमलले भने आइतबारको खेलमा मौका पाएनन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]