default_image

8 years ago

February 19, 2018

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

124 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छ । वनविज्ञानको खेल मैदानमा सुदूरपश्चिम ११ लाई सोमबार टाइब्रेकरमा ५–३ हराउँदै आर्मी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि हेटौंडा गोल्डकपको अन्तिम चारमा पुगेको हो ।

गत शनिबारमात्र सिमरा गोल्डकपको उपाधि जितेर हेटौडा गोल्डकपमा सहभागिता जनाएको आर्मीले सुरुआती मिनेटमा सुदूरपश्चिमको आक्रमण खेप्न परेको थियो। आर्मीका किपर विकेश कुथुले छैठौं मिनेटमा मणिराम चौधरीको हेडर, १८औँ मिनेटमा राकेश हमालको फ्रीकिक र २१ औ मिनेटमा बिनोद केसीको प्रहार उत्कृष्ट ढंगले बचाउ गरेका थिए । तत्कालै खेलमा फर्किएको आर्मीले पहिलो हाफको अन्त्यसम्ममा दुई खतरनाक आक्रमण गरेपनि अग्रता लिन सकेन् । सुदूरपश्चिमका किपर जीवन गहतराजले  २१ औँ मिनेटमा बिमल पाण्डेले ३५ यार्डबाट प्रहार गरेको बल र २३ औँ मिनेटमा नवयुग श्रेष्ठलेप्रहार गरेको सशक्त प्रहार छेकेका थिए ।

खेलमा आर्मीले लिएको अग्रतालाई जोगाउन नसक्दा टाइब्रेकर सम्म कुर्नु परेको थियो । नवयुग श्रेष्ठको गोलमा आर्मीले ७० औं मिनेटमा अग्रता लिएको थियो । तर, सुदूरपश्चिमका विनोद केसीले खेल सकिन ८ मिनेट बाँकी रहँदा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । भोगेन्द्रको पासमा विनोदले सिक्स यार्ड बक्सबाट प्रहार गर्दा आर्मीका गोलकिपर विकेश कुथुले जोगाउने कुनै मौका पाएनन् ।

पेनाल्टी सुटमा आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास, दिप लामा, विमल बस्नेत र गोलकिपर विकेश कुथुले गोल गरे । सुदूरपश्चिमका लागि विनोद केसी, भोगेन्द्र चौधरी र चेतन थारुले मात्र गोल गर्न सके । राकेश हमालको प्रहार पोलमा लागेर आर्मीका गोलकिपर विकेशलाई ठोक्किदा गोल हुन सकेन ।

खेलपछि आर्मीका प्रशिक्षकले सुरेश हमालले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको र रेफ्रीको यस्तो गल्तीले काठमाडौँ उपत्यका बाहिरका टोलीहरुलाई फुटबलमा टिक्न अफ्ठ्यारो हुने बताए। उनले भने,’ खेलाडीहरुले राम्रो प्रदर्शन गरे। आर्मी जस्तो फिट टोलीसँग यो प्रकारको प्रदर्शन राम्रो हो तर जुन किसिमले हामी रेफ्रीको गलत निर्णयको सिकार भयौं यो अमान्य छ ।’

आर्मीका प्रशिक्षक नबिन न्यौपानेले आफ्ना केहि खेलाडीहरु थकित भएका कारणले गर्दा नयाँ खेलाडीहरुलाई मौका दिएको बताए। उनले भने,’ हामीले नयाँ सेट प्रयोग गर्दा सुरुमा केहि कमजोर देखियौ। तर पछि खेलाडीहरुको तालमेल मिलेपछि खेलमा फर्किन सफल भयौ ।’

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

हेटौडा गोल्ड कपमा मंगलबारको क्वार्टरफाइनल
रुस्लान थ्री स्टारविरुद्ध सिएमजी क्लब संकटा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.