पुष २८ गते, काठमाडौं ।
गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन ।
पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले जितीन, उन्ले अमेरिकालाई महिला विश-कप जिताउन महत्वोपूर्ण भूमिका खेलेकी थिईन ।
बर्षको उत्कृष्ट गोलको उपाधि ब्राजिलका लिगम खेल्ने परबेन्सले प्राप्त गरे । उन्ले मेस्सिलाई पछी पर्दै यो उपाधि आफ्नो पोल्टामा परेका हुन । बर्षका उत्कृष्ट कोच बार्साका लुइस एनारीके चुनिए ।
२०१५ को उत्कृष्ट सुरुवाती ११: नेउर; मार्सेलो, रामोस, सिल्भा, एल्भेस; मोड्रीच,इनिएस्टा,पोग्बा; रोनाल्डो, मेस्सि, नेयमार